Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाइ ०.८६ मिटर बढ्यो

    विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाइ ०.८६ मिटर बढ्यो

    अनलाइन नेपाल
  • मंगलबार, २३ मंसिर २०७७
  • 2.6K
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाइ बढेको छ ।

    मंगलबार दिउँसो नेपाल र चीन सरकारले संयुक्त रूपमा पत्रकार सम्मेलन गरी नयाँ उचाइ बारे जानकारी गराएकाे हाे ।



    नयाँ उचाइ ८ हजार ८ सय ४८.८६ मिटर रहेकाे छ।



    पहिलोपटक आफ्नै प्राविधिक टोलीबाट सगरमाथाको उचाइ मापन गरेर सार्वजनिक गरेकाे हाे । विभागले १३ करोड रुपैयाँ खर्चेर झन्डै दुई वर्षको अवधिमा सगरमाथाको मापन कार्य सम्पन्न गरेको थियो ।

    विसं २०७२ मा गएको भूकम्पपछि सगरमाथाको उचाइ घटबढ भएको हुनसक्ने विषयमा अन्तर्राष्ट्रिय बहस शुरु भएपछि नेपालले पहिलोपटक आफ्नै स्रोत साधनमा सगरमाथाको उचाइ नापेको हो ।

    सगरमाथाको उचाइ पहिलो पटक सन् १८४९ मा जर्ज एभरेस्टको नेतृत्वमा सम्पन्न भएको थियो । जसको नामबाट सगरमाथाको अंग्रेजी नाम एभरेस्ट राखिएको हो । सन् १८४९ देखि १८५५ सम्म देहरादुन र बिहारको सोनाखोडाबाट त्रिकोणमितीय विधिबाट सगरमाथाको उचाइ नापिएको थियो ।

    सन् १९५४ मा सर्भे अफ इन्डियाले बिहारबाटै गरेको मापनमा सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर कायम गरिएकाे थियाे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार