Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • विप्लव समूहद्वारा शिक्षकको अपहरणपछि गोली हानी हत्या

    विप्लव समूहद्वारा शिक्षकको अपहरणपछि गोली हानी हत्या

    अनलाइन नेपाल
  • मंगलबार, २३ मंसिर २०७७
  • 3K
    SHARES

    विराटनगर । मोरङमा शिक्षकको अपहरणपछि गोली हानी हत्या गरिएकाे छ।

    मिक्लाजुङ गाउँपालिका -१ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको मंगलबार बिहान गोली हानी हत्या भएको हो।



    प्रहरी उपरीक्षक सन्तोष खड्काले उनलाई घरबाटै उठाएर बर्खे जंगलमा लगेर विप्लव माओवादीले हत्या गरेको बताए।



    बिहान सवा ६ बजेतिर चार पाँच जनाको संख्यामा आएका विप्लव समूहका कार्यकर्ताले शिक्षकलाई घरबाट उठाएका थिए ।

    घरदेखि करिब ३० मिनेट टाढा जंगलमा लगेर हत्या भएको छ। प्रहरीले हत्या गर्नेहरूको खोजी गरिरहेको खड्काले बताए। श्रेष्ठ स्थानीय सरस्वती आधारभूत स्कुलका प्रधानाध्यापक रहेको खड्काले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार