Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • प्रदेश-१ मा थपिए ८० काेराेना संक्रमित, ९६ जना डिस्चार्ज

    प्रदेश-१ मा थपिए ८० काेराेना संक्रमित, ९६ जना डिस्चार्ज

    अनलाइन नेपाल
  • सोमबार, २२ मंसिर २०७७
  • 2.8K
    SHARES

    मोरङ । प्रदेश-१ मा २३ जना महिलासहित ८० जना कोरोना संक्रमित थपिएका छन् ।

    पछिल्लो २४ घण्टामा थपिएका काेराेना संक्रमितमध्ये विराटनगरमा १५ सहित मोरङमा २६, झापामा २२, सुनसरीमा १०, इलाममा सात, सङ्खुवासभा र ताप्लेजुङमा तीन/तीन, पाँचथरमा एक र प्रदेश बाहिरका आठ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।



    सोही अवधिमा ९६ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा होमआइसोलेशनबाट ९३ र विराट मेडिकल कलेजबाट तीन जना छन् ।



    अहिलेसम्म डिस्चार्ज हुनेको सङ्ख्या २३ हजार २४६ पुगेको छ भने कोरोना सङ्क्रमितको सङ्ख्या २८ हजार २५० पुगेको मन्त्रालयले जनाएको छ ।

    अझै पनि सक्रिय सङ्क्रमितको सङ्ख्या प्रदेशमा पाँच हजार चार छन् । अहिलेसम्म कूल एक लाख ९६ हजार ७८४ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार