Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • कमल थापाद्वारा राजसंस्थाको पक्षमा भएको आन्दोलनको समर्थन

    कमल थापाद्वारा राजसंस्थाको पक्षमा भएको आन्दोलनको समर्थन

    अनलाइन नेपाल
  • सोमबार, २२ मंसिर २०७७
  • 2.3K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले राप्रपा हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थाको सिद्धान्तको मूल संवाहक भएको बताएका छन् ।

    पार्टीको झण्डोत्तोलन तथा चुनाव चिन्ह अनावरण गर्न आयोजित समारोहमा अध्यक्ष थापाले अहिले नागरिकस्तरबाट स्वतस्फुर्त रुपमा यो सिद्धान्तलाई लिएर आन्दोलन भइरहेको प्रति खुशी व्यक्त गरे ।



    उनले भने– ‘राष्ट्रिय प्रजातन्त्र पार्टी हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थाको सिद्धन्तको मूल संवाहक हो । यो विचारलाई आज जुन ढंगबाट स्वतस्फुर्त रुपमा जनताले लिएर हिँडिराखेका छन्, त्यसले हामीलाई खुशी लाग्नु स्वभाविक हो र ती अभियानमा हाम्रो सद्भाव समर्थन रहने छ ।’



    राजसंस्था पुनस्र्थापना गर्ने एजेण्डा कुनै व्यक्तिको स्वार्थसँग जोडिएको नभई देशको राष्ट्रिय अस्तित्व, स्वतन्त्रता र सार्वभौंमिकतासँग गासिएको उनकाे भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार