Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • डिआईजी सिंहको फन्दामा परेका अफतावद्धारा २ जनालाई जिउँदै ईट्टाभट्टामा जलाएको स्वीकार

    डिआईजी सिंहको फन्दामा परेका अफतावद्धारा २ जनालाई जिउँदै ईट्टाभट्टामा जलाएको स्वीकार

    अनलाइन नेपाल
  • सोमबार, २२ मंसिर २०७७
  • 9.1K
    SHARES

    काठमाडौं । भारतको मोतिहारीबाट पक्राउ परेका रौतहटको राजपुर बमकाण्डका नाइके नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री मोहमद अफताब आलमका भाइ महताफ आलमले दाजुको निर्देशनमा दुई जनालाई जिउँदै जलाएको प्रहरीसामु स्वीकारेका छन् ।

    प्रहरीसँगको प्रारम्भिक बयानमा महताफले २०६४ चैत २७ मा रौतहटमा भएको बम विष्फोटमा घाइते भएका २४ वर्षीय त्रिलोक प्रताप सिंह र २२ वर्षीय ओसी अख्तरलाई दाजुको निर्देशनमा ईट्टाभट्टामा जिउँदै जलाएको स्वीकार गरेका हुन् ।



    घटना भएको दिन आफू पनि त्यही भएको भन्दै महताफले दाजु मोहमदको निर्देशनमा नै घटना घटाइएको स्वीकार गर्दै आफू भने निर्दोष रहेको बयान दिएका छन् ।



    संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा आलमका काका शेख इन्द्रिसको घरमा भएको विष्फोटमा सिंह र अख्तर घाइते भएका थिए

    पूर्वमन्त्री आलम अहिले पूर्पक्षका लागि थुनामा छन्। २६ असोज २०७६ मा आलमलाई पक्राउ गरी मुद्दा चलाइएको थियो।

    अभियुक्त खोजी र नियन्त्रणका क्रममा महताफलाई भारतबाट पक्राउ गरी ल्याइएको हो। महताफ पनि प्रहरीको फरार सूचीमा थिए ।

    फरार सूचीमा रहेका महताफलाई २ नम्वर प्रदेश प्रमुख डिआईजी धिरजप्रताप सिंहले खटाएको टोलीले भारतीय प्रहरीसँगको समन्वयमा मोतिहारीबाट पक्राउ गरी हिजो बेलुका नेपाल ल्याएको हो।

    डिआईजी सिंहले महताफलाई आजै अदालतमा पेश गरिने जानकारी दिए ।

    यसअघी आलम हिरासतमा रहेको बेला फरार अभियुक्त उनका भाइ महताव पक्राउ गर्न गएको बेला लफडा भएपछि प्रहरीले हवाई फायर गरेको थियो ।

    घरमा खानतलासी गर्ने क्रममा अबरोध भएपछि प्रहरीले हवाइ फायर गरेको थियो । उनी फरार भएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार