Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दार्चुलामा ट्रक दुर्घटना: चालकसहित ३ जनाको मृत्यु

दार्चुला । दार्चुलामा ट्रक दुर्घटना भएको छ । दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ ।

प्रदेश प्रहरी कार्यालयका अनुसार जिल्लाको मालिकार्जुन गाउँपालिका १ भर्तोलामा ना ३ ख ३४८५ नम्बरको ट्रक गएराति दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको हाे।

शैलेशिखर ९ गोकुलेश्वरबाट दार्चुला सदरमुकाम खलंगा जाँदै गरेको ट्रक दुर्घटना हुँदा बैतडीका २४ वर्षीय शेरबहादुर कार्की र बैतडीको दोगडाकेदार–६ का २४ धनसिङ भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता पुष्कर सिंह ऐरिले बताए ।

अर्का एक जनाको सनाखत हुन सकेको छैन । ट्रक सडकबाट करिब १ सय मिटर तल खसेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077