Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • बम काण्डका नाइके पूर्वमन्त्री मोहम्मद आलमका भाइ भारतमा पक्राउ, नेपाल ल्याइँदै

    बम काण्डका नाइके पूर्वमन्त्री मोहम्मद आलमका भाइ भारतमा पक्राउ, नेपाल ल्याइँदै

    अनलाइन नेपाल
  • सोमबार, २२ मंसिर २०७७
  • 3.9K
    SHARES

    रौतहट । प्रदेश नम्वर दुई प्रहरी कार्यालयको टोलीले काँग्रेस सांसद तथा पूर्वमन्त्री मोहम्मद आफ्ताव आलमका भाइ मोहम्मद महताव आलमलाई पक्राउ गरेको छ ।

    महताव आलमलाई भारतीय प्रहरीको समन्वयमा मोतिहारीबाट पक्राउ गरिएको प्रहरी स्रोतको भनाइ छ । मोतिहारीबाट पक्राउ परेका उनलाई प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले   रौतहट ल्याइँदै गरेको छ ।



    ०६४ चैत २७ मा रौतहटमा भएको बम विष्फोटको घटनामा महताव फरार थिए । घटनाका  मुख्य योजनाकार काँग्रेस सांसद तथा पूर्वमन्त्री आफ्ताव  नख्खु कारागारमा सजाय भोगिरहेका छन्।



    संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा आलमका काका शेख इन्द्रिसको घरमा भएको विष्फोटका घाईते २४ वर्षीय त्रिलोक प्रताप सिंह र २२ वर्षीय ओसी अख्तरलाई आलम दाजुभाईको समूहले ईट्टाभट्टामा जिउँदै जलाएको खुलेको थियो ।

    यसअघी आलम हिरासतमा रहेकाे बेला फरार अभियुक्त उनका भाइ महताव पक्राउ गर्न गएको  बेला लफडा भएपछि प्रहरीले हवाई फायर गरेको थियो ।

    घरमा खानतलासी गर्ने क्रममा अबरोध भएपछि प्रहरीले हवाइ फायर गरेको थियो । उनी फरार भएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार