Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • कोरोना उपचारमा दोहोरो शुल्क लिने अस्पताललाई सरकारले कारबाही गर्ने

    कोरोना उपचारमा दोहोरो शुल्क लिने अस्पताललाई सरकारले कारबाही गर्ने

    अनलाइन नेपाल
  • सोमबार, २२ मंसिर २०७७
  • 2.5K
    SHARES

    काठमाडाैँ । कोरोना उपचारमा सूचीकृत अस्पतालहरूले दोहोरो शुल्क लिएको गुनासो आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले केही अस्पतालले बिरामी र स्वास्थ्य मन्त्रालय दुवैबाट शुल्क लिएको गुनासो आएको जानकारी दिएका हुन् ।

    ‘सेवाग्राही र स्वास्थ्य मन्त्रालयसँग दोहोरो शुल्क लिएको भन्ने जनगुनासो आइरहेको छ,’ प्रवक्ता गौतमले भने । आइतबार मन्त्रालयमा बसेको इन्सिडेन्ट कमान्ड समितिको बैकठले दोहोरो शुल्क लिने अस्पतालहरूलाई अनुगमन गरी कारबाही गर्ने निर्णय गरेको मन्त्रालयले जनाएको छ । कोरोनाकै बहानामा कतिपय नाम चलेका निजी अस्पतालले दोहोरो शुल्क लिने गरेको उजुरीसमेत मन्त्रालयमा परेको मन्त्रालयले जनाएको छ ।



    सोही बैठकले सबै प्रदेशमा उच्चस्तरीय समिति, एम्बुलेन्स सेवा व्यवस्थापन समिति, कन्ट्याक्ट ट्रेसिङ समिति, सूचना तथा मेडिकल टास्क फोर्स समिति निर्माण गरी कार्यान्वयन गर्नेरगराउने निर्णय गरेको छ । यो समाचार आजको नागरिक दैनिकमा पवित्रा सुनारले लेखेकी छिन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार