Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • चीनमा अमेरिकी कूटनीतिज्ञमाथि किन गरियो माइक्रोवेभ हतियारमार्फत हमला ?

    चीनमा अमेरिकी कूटनीतिज्ञमाथि किन गरियो माइक्रोवेभ हतियारमार्फत हमला ?

    अनलाइन नेपाल
  • आइतबार, २१ मंसिर २०७७
  • 3K
    SHARES

    एजेन्सी। बितेका केही वर्षहरुमा चीन र क्युवामा अमेरिकी दूतावासका धेरै कर्मचारी रहस्यमय रुपमा बिरामी परेका थिए। यी घटनाहरूको अनुसन्धान गरिसकेपछि युएस नेशनल एकेडेमी अफ साइन्सले यो आक्रमण माइक्रोवेभ उर्जाले गरेको हुनसक्ने वताएको थियो।

    सीएनएनको रिपोर्ट अनुसार नेशनल एकेडेमी अफ साइन्सबाट  अनुसन्धान गरिएका घटनाहरूमा रेडियो फ्रिक्वेन्सी उर्जाको प्रयोग भएको देखाइएको छ ।



    यद्यपी उक्त प्रतिवेदनले माइक्रोवेव उर्जा केवल सोचविचार गरिएको रणनीति अन्तर्गत मात्र प्रयोग भएको बताउँदैन, बरु आपराधिक प्रकारका मानिसहरु यसको पछाडि हुनसक्दछन्।



    डाक्टर र वैज्ञानिकहरूको १९ सदस्यहरूको समितिले अमेरिकी सरकारको अनुरोधमा यो अनुसन्धान गर्‍यो। सन् २०१७ मा मार्क लेन्जी नामक अमेरिकी कूटनीतिज्ञ गोन्जाउमा कार्यरत थिए। एक दिन उनी अचानक रहस्यमय रूपमा बिरामी भए र टाउको दुख्ने, पढ्नमा कठिनाईका साथै मेमोरी र निद्रामा पनि समस्या थपियो ।

    अमेरिकी कूटनीतिज्ञ मार्क लेन्जीको एमआरआई स्क्यानहरूले  उनको मस्तिष्कको २० भागको घनत्वमा  कमी आएको देखायो।

    अन्वेषकहरूले  ब्रेनका धेरै भागहरूको कम घनत्व ब्रेनको इन्जरीले भएको वताए।

    भारतीय संचारमाध्यम आजतकका अनुसार अमेरिकी अधिकारीहरूमा धेरैजसो आक्रमणहरू २०१६ र २०१७ को बीचमा भएका थिए।

    यद्यपि केहि केसहरू २०१७ पछि आए। नेशनल एकेडेमी अफ साइन्सले माइक्रोवेभ हतियारको प्रयोगको बारेमा चिन्ता व्यक्त गरेको छ। विश्वमा थोरै देशहरूसँग माइक्रोवेभ हतियारहरू छन्। रसियामा, क्युवामा पनि माइक्रोवेभ हतियार छ ।

    अमेरिकी अधिकारीहरू रहस्यमय रूपमा बिरामी पर्ने घटनाहरू रूसमा पनि हुने गर्दछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार