Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • नेपालले विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाई मंगलबार घोषणा गर्ने

    नेपालले विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाई मंगलबार घोषणा गर्ने

    अनलाइन नेपाल
  • आइतबार, २१ मंसिर २०७७
  • 2.4K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सरकारले मंगलबार सर्वोच्च शिखर सगरमाथाको उचाइ घोषणा गर्ने भएको छ ।

    सोमबार एक समारोहका बीच औपचारिक रुपमा सगरमाथाको उचाइ घोषणा गर्ने कार्यक्रम रहेको नापी विभागका महानिर्देशक सुशील नरसिंह राजभण्डारीले जानकारी दिए ।



    त्यसका लागि नापी विभाग परिसरमा मंगलबार एक कार्यक्रमको आयोजना गरिएको छ ।



    मन्त्रिपरिषद्को हालै बसेको बैठकले सगरमाथाको नयाँ उचाई सार्वजनिक गर्न स्वीकृती दिएको थियो । आर्थिक वर्ष ७५/७६ बाट सुरु गरिएको सगरमाथाको उचाई मापन गर्न करोडौं रुपैयाँ खर्च भएको छ ।

    २०७२ सालको भूकम्पले सगरमाथाको उचाईमा असर पारेको हुनसक्ने नापी विभागको अनुमानपछि सरकारले करोडौं खर्चेर उचाई मापन गरेको हो ।

    सन् १९५४ मा सर्वे अफ इण्डियाले मापन गरेको सगरमाथाको उचाई ८८४८ मिटर अहिलेसम्म कायम छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार