Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • ओलीले पुरानै अडान दोहोर्‍याएर स्थायी कमिटीलाई पत्र पठाए, मंसिर २८ सम्म बैठक स्थगित

    ओलीले पुरानै अडान दोहोर्‍याएर स्थायी कमिटीलाई पत्र पठाए, मंसिर २८ सम्म बैठक स्थगित

    अनलाइन नेपाल
  • आइतबार, २१ मंसिर २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे स्थायी कमिटी बैठक एक हप्ता पछि सरेकाे छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली बिना बसेकाे बैठकले स्थायी कमिटी बैठक मंसिर २८ सम्मलाई स्थगित गरेकाे हो ।

    बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालका प्रस्ताव पेश भएको थियो । उक्त प्रस्ताव अध्ययनका लागि भन्दै बैठक २८ गते सम्मलाई स्थगित भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।



    बैठकमा ओली सहभागि थिएनन् । तर, बैठकलाई सम्बोधन गर्दै उनले पत्र पठाएका थिए । पत्रमा ओलीले पुरानै अडान दोहोर्‍याएको प्रवक्ता श्रेष्ठले बताए ।



    ओलीले अर्का अध्यक्ष दाहालको प्रस्ताव पार्टी कमिटीमा छलफलका लागि योग्‍य नभएको भन्दै त्यसको फिर्ताको अडान राखेका छन् । यस्तै, मंसिर २५ गते निर्धारित गरिएको केन्द्रीय कमिटीको बैठक पुस ५ लाई सरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार