Online Nepal
  • सोमबार, २९ पुष २०८१
  • पार्टी नेतृत्वलाई दवाव दिन नेकपा कार्यकर्ता अनसनमा

    पार्टी नेतृत्वलाई दवाव दिन नेकपा कार्यकर्ता अनसनमा

    अनलाइन नेपाल
  • आइतबार, २१ मंसिर २०७७
  • 2.1K
    SHARES

    कैलाली । नेकपा विभाजन हुन खोजेको र त्यसलाई रोक्नका लागि नेतृत्वलाई दवाव दिन एक कार्यकर्ता नेकपा सुदूरपश्चिम प्रदेश पार्र्टी कार्यालय धनगढीमा अनसनमा बसेका छन् ।

    नेकपा डडेल्धुराका जिल्ला सदस्य पदम बोहोरा पार्टी विभाजन हुनबाट रोम्नु पर्ने ५ बुँदे माग राख्दै अनसनमा बसेका हुन् । नेतृत्वकै कारण पार्टी विभाजन हुन खोजेको उनको भनाइ छ ।



    उनले पार्टी विभाजन कुनैपनि हालतमा रोक्नुपर्ने, नेताहरुले पारिवारिक, व्यक्तिगत र गुटगत स्वास्र्थ भन्दा माथि उठेर जनताको निम्ति काम गर्नुपर्ने, पार्टीका दुवै अध्यक्षले आ–आफ्नो प्रस्ताव फिर्ता लिन छलफल चलाउनु पर्ने, पार्टी एकताको बाँकी काम अगाडि बढाउँदै महाधिवेशनसम्म पुर्याउनु पर्ने र संघीय गणतन्त्रको रक्षाको लागि एकजुट हुनुपर्ने माग राखेका छन् ।



    उनले देशैभरीका कार्यकर्ताले पार्टीलाई फुटबाट रोक्न झक्झक्याउन पनि अनुरोध गरे ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार