Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काठमाडौं आउँदै गरेको कार दुर्घटना हुँदा युवतीको मृत्यु, ३ जना घाइते

काठमाडौं । काठमाडौं आउँदै गरेको कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । भक्तपुरको मध्यपुरथिमि नगरपालिका-३ कोशलटारमा उक्त कार दुर्घटना भएकाे हाे

बा८च ४७५६ नम्बरको कार अनियन्त्रित भई सडकबीचको फलामको रेलिङमा ठोक्किएर शनिबार राति करिब १ बजे दुर्घटना भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ।

दुर्घटनामा काठमाडौं महानगरपालिका-४ धुम्बाराही पिपलबोटकी ३० वर्षीया रिया श्रेष्ठको मृत्यु भएको परिसरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपक गिरीले जानकारी दिए ।

अचेत अवस्थामा उद्धार गरी मध्यपुर अस्पताल पुर्‍याइएकी उनलाई चिकित्सकले मृत घोषणा गरेको डीएसपी गिरीले बताए ।

दुर्घटनामा कार चालक मध्यपुर थिमि नगरपालिका-१ लोकन्थलीका २६ वर्षीय रञ्जित कार्की, वडानम्बर ५ राधेराधेका २६ वर्षीय विजय देउजा र भक्तपुरको सूर्यविनायक -४ गाम्चा का २७ वर्षीय सुदप थापा सामान्य घाइते भएका छन् । परिसरले घटनाको थप अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077