Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • शनिबार २ हजार २०६ जना कोरोना संक्रमण मुक्त

    शनिबार २ हजार २०६ जना कोरोना संक्रमण मुक्त

    अनलाइन नेपाल
  • शनिबार, २० मंसिर २०७७
  • 2.4K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार २०६ जना कोरोना संक्रमण मुक्त भएका छन्।

    योसँगै काेराेना निकाे हुनेको कुल संख्या २ लाख २४ हजार ५३ पुगेको छ।



    आज १० जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या १ हजार ५ सय ७७ जना पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।



    पछिल्लो २४ घण्टामा थप १ हजार २४ जना कोरोना संक्रमित भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ३९ हजार ८८५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।

    नेपालमा हालसम्म १७ लाख ७८ हजार २४ जनाको पिसिआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा ५३६ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये १४ हजार २२५ जना सक्रिय संक्रमित छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार