Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • सिरहामा कोरोनाबाट एक पुरुषको मृत्यु

    सिरहामा कोरोनाबाट एक पुरुषको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, २० मंसिर २०७७
  • 1.8K
    SHARES

    सिरहा । कोरोना सङ्क्रमणबाट सिरहामा गएराति थप एक पुरुषको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा मिर्चैया नगरपालिका–१ निवासी ७५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

    ज्वरो र श्वास फेर्न समस्या भएपछि उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लगिएकामा उनीको सोही अस्पतालमा पिसिआर परीक्षण गर्दा गत बिहीबार कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।



    सङ्क्रमण भएपछि उपचार हुँदाहुँदै गएराति मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णदेव यादवले बताए । योसँगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २३ पुगेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार