Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • सशस्त्रका आइजीपी खनालद्वारा नेपाल–भारत सीमामा बीओपी उद्घाटन

    सशस्त्रका आइजीपी खनालद्वारा नेपाल–भारत सीमामा बीओपी उद्घाटन

    अनलाइन नेपाल
  • शुक्रबार, १९ मंसिर २०७७
  • 2.3K
    SHARES

    फाइल फोटो

    बर्दिया । सशस्त्र प्रहरी बल (एपिएफ) ले बर्दियासँग जोडिएको नेपाल-भारत सिमानामा बीओपीको स्थापना गरेकाे छ ।

    एपिएफका महानिरीक्षक (आइजीपी) शैलेन्द्र खनालले शुक्रबार मधुवन नगरपालिका-९ धर्मबस्तीमा बीओपीको उद्घाटन गरेका छन् । जिल्लामा हालसम्म ७ वटा बीओपी स्थापना भइसकेको छ ।



    सशस्त्र प्रहरी बल ३१ नम्बर गण अन्तर्गत भगरैयामा करिब १५ कट्ठा वन क्षेत्रको जग्गाको बीओपीमा सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा ३५ जनाको टोली तैनाथ गरिने सशस्त्र प्रहरी उपरीक्षक नरबहादुर राउतले बताए ।



    नेपाल भारत सीमाको घना जंगलमा स्थापना भएको यस बीओपी स्थापनाले सिमानामा हुने अपराधिक गतिविधि नियन्त्रण, जंगली जनावरबाट स्थानीयबासीको धनजन रक्षा गर्ने र शान्ति सुरक्षामा खटिने सशस्त्र प्रहरीका महानिरीक्षक खनालले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार