बझाङ। अस्पतालको आइसोलेसन कक्षको झ्याल फोरेर बलात्कारपछि हत्या आरोपी फरार भएका छन् ।
पुर्पक्षका लागि बाल सुधार केन्द्र डोटीमा राखिएका मस्टा गाउँपालिकाकी १२ वर्षीया सम्झना कामीको हत्या आरोपी राजेन्द्र बोहरा बिहीबार राति १० बजे भागेका हुन् ।
कोरोना संक्रमण भएपछि बोहरालाई मंसिर ६ देखि बालसुधार गृहबाट अस्पतालको आइसोलेसनमा राखिएको थियो । उनको खोजीको लागि व्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ ।
बोहराले सम्झनाको बलात्कारपछि हत्या गरेको स्वीकारेका थिए।
सम्झनालाई त्रिशूल, घन र ढुंगाले हानेको भनी बोहराले प्रहरीमा बयान दिएका छन् ।उनको खोजीका लागि व्यापक रुपमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख एसपी जनक पाण्डेले बताए ।
Leave a Reply