Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • बाइडेनलाई प्रभावमा पार्न चिनियाँ एजेन्टहरू सक्रिय रहेको अमेरिकी गुप्तचरको आरोप

    बाइडेनलाई प्रभावमा पार्न चिनियाँ एजेन्टहरू सक्रिय रहेको अमेरिकी गुप्तचरको आरोप

    अनलाइन नेपाल
  • बिहिबार, १८ मंसिर २०७७
  • 3K
    SHARES

    एजेन्सी। चिनियाँ एजेन्टहरूले अमेरिकी राष्ट्रपतिमा निर्वाचित  जो बाइडेनको आगमन प्रशासनलाई प्रभाव पार्न आफ्नो प्रयासलाई तीव्र पारेका छन् । जुन कुराको खुलासा  अमेरिकी गुप्तचर अधिकारीले गरेका हुन।

    अमेरिकी राष्ट्रिय खुफिया निर्देशकको कार्यालयका विलियम इवानिनाले भने, ‘चिनियाँहरूले  बाइडेनको टोलीका नजिकका मानिसहरूलाई ध्यान केन्द्रित गरिरहेछन्।’



    बिबिसीका अनुसार इवानिनाले  यो ‘स्टेरोइड्स’ मा प्रभावकारी अभियान रहेको जनाए ।



    यसबाहेक, न्याय विभागका अधिकारीले एक हजार भन्दा बढी संदिग्ध चिनियाँ एजेन्टहरू अमेरिकाबाट भागेको वताएका थिए।

    बुधवार एस्पेन इन्स्टिच्यूटको थिंक  ट्यांक भर्चुअल छलफलमा नेशनल इन्टेलिजेन्स काउन्टर इन्टेलिजेन्स शाखाका निर्देशक इवानिनाले भने, ‘चीनले कोरोना भाइरस खोप र हालसालैका अमेरिकी चुनावलाई हस्तक्षेप गर्ने प्रयास गरिरहेको छ।

    यसअघि डोनाल्ड ट्रम्पले चीनमा उनका प्रतिद्वन्द्वी जो बाइडेनका छोरा हन्टर बाइडेनको व्यापार सम्झौतामा ध्यान केन्द्रित गराएका थिए भने डेमोक्र्याटिक उम्मेदवार बाइडेनले  ट्रम्पको चिनियाँ बैंक खातालाई चुनावमा हाइलाइट गरेगरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार