Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • प्रदेश-१ मा थपिए २ सय ८७ काेराेना संक्रमित

    प्रदेश-१ मा थपिए २ सय ८७ काेराेना संक्रमित

    अनलाइन नेपाल
  • बिहिबार, १८ मंसिर २०७७
  • 1.9K
    SHARES

    काठमाडाैं । प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा २८७ जना कोरोना संक्रमित थपिएका छन् ।

    सो अवधिमा गरिएको एक हजार ४११ जनाको पिसिआर परीक्षणमा १३० महिला र १५७ पुरुषको रिपोर्ट पोजेटिभ पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।



    मोरङमा १२२ मध्ये विराटनगरमा ६१, झापामा ६१, सुनसरीमा ४८, सङ्खुवासभामा १५, इलाममा चार, पाँचथर र उदयपुरमा तीन/तीन, भोजपुरमा दुई, ताप्लेजुङ, खोटाङ र धनकुटामा एक/एक तथा प्रदेश बाहिरका २६ जना रहेका छन् ।



    प्रदेशमा सङ्क्रमितको सङ्ख्या २७ हजार ८२० पुगेको छ । दश जनालाई निको भएका छन् भने हालसम्म निको हुनेको सङ्ख्या २२ हजार ४३७ पुगेको मन्त्रालयले जनाएको छ ।

    प्रदेशमा हालसम्म एक लाख ९४ हजार १६७ जनाको पिसिआर परीक्षण गर्ने कार्य सम्पन्न गरिसकिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार