Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • गणतन्त्र पक्षधर एकताबद्ध हुन राष्ट्रिय जनमोर्चाको आग्रह

    गणतन्त्र पक्षधर एकताबद्ध हुन राष्ट्रिय जनमोर्चाको आग्रह

    अनलाइन नेपाल
  • बिहिबार, १८ मंसिर २०७७
  • 2.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । राष्ट्रिय जनमोर्चाले गणतन्त्र र धर्म निरपेक्षतासमेतको रक्षाका लागि सबै गणतन्त्र पक्षधर शक्तिको ऐक्यबद्धता हुनु राष्ट्रिय आवश्यकता भएको जनाएको छ ।

    राजावादीद्वारा देशका विभिन्न भागमा राजतन्त्रको पुनःस्थापना र हिन्दू राज्यको माग गर्दै गरिरहेको प्रदर्शनप्रति जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आज विज्ञप्तिमार्फत ध्यानाकर्षण गराउँदै राजतन्त्र आएपछि राष्ट्रियताको रक्षा हुन्छ भन्ने भ्रममा विश्वास नगर्न आग्रह गरेका छन् ।



    उनले यस परिस्थितिमा गणतन्त्र र धर्म निरपेक्षताको रक्षाको पक्षमा उभिने शक्ति सचेत र सङ्गठित भई प्रतिगामी शक्तिको गतिविधिलाई नियन्त्रण गर्न माग गरेका छन् । रासस



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार