Online Nepal
  • सोमबार, २९ पुष २०८१
  • राष्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत

    राष्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत

    अनलाइन नेपाल
  • बिहिबार, १८ मंसिर २०७७
  • 2.5K
    SHARES

    राष्ट्रपति भण्डारीसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत नेपाल लागि इजरायलका राजदूत हनान गोडेर गोल्डबर्गर । तस्बिर : रासस

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष थाइल्याण्ड, इजरायल, बङ्गलादेश र म्यान्माका राजदूतहरुले आज आ-आफ्ना ओहदाका प्रमाणपत्र प्रस्तुत गरेका छन् ।

    नेपालका लागि थाइल्याण्डका राजदूत भोसिटा भोरासाफ, इजरायलका राजदूत हनान गोडेर गोल्डबर्गर, बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमान चौधरी र म्यान्माका राजदूत सेन ओले राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् ।



    समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानसेनापति पूर्णचन्द्र थापा, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका सचिवका साथै दुवै निकायका वरिष्ठ अधिकारीको उपस्थिति थियो । रासस



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार