Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • थप १३ जनाकाे काेराेना संक्रमणबाट मृत्यु

    थप १३ जनाकाे काेराेना संक्रमणबाट मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, १८ मंसिर २०७७
  • 2.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । थप १३ जनाकाे काेराेना भाइरसकाे संक्रमणबाट मृत्यु भएकाे छ। याेसँगै नेपालमा काेराेना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या १ हजार ५ सय ५१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।

    यस्तै नेपालमा बिहीबार थप १ हजार ३४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ३७ हजार ५८९ पुगेको मन्त्रालयले जनाएको छ ।



    यस्तै बितेको २४ घण्टामा २ हजार १११ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।



    योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख २० हजार २७२ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ७६६ रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार