Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • अन्तत: शक्ति प्रदर्शनसहित नेता पौडेलले गरे पुल उद्घाटन

    अन्तत: शक्ति प्रदर्शनसहित नेता पौडेलले गरे पुल उद्घाटन

    अनलाइन नेपाल
  • बिहिबार, १८ मंसिर २०७७
  • 2.6K
    SHARES

    दमौली।अन्तत: नेपाली कांंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ ब्यास नगरपालिकाको बुल्दीखोलाको पुल उद्घाटन गरेका छन्।
    पौडेलले बिहीबार कांग्रेसका हजारौँ कार्यकर्तासहित पुल उद्घाटन गरेका हुन्।

    जिल्लाभरबाट कार्यकर्ता दमौलीमा उतारेर पुल उद्घाटनमा सहभागि गराइएको थियो।



    उद्घाटन कार्यक्रममा केन्द्रीय सदस्य शंकर भण्डारी, प्रदिप पौडेल, धुव्र वाग्ले गण्डकी प्रदेका प्रमुख प्रतिपक्ष दलका नेता कृण्ण नेपाली र गोविन्द भट्टराई पनि सहभागी थिए।



    पुल उद्घाटनअघि जिल्ला पार्टी कार्यालय दमौलीबाट जुलुस निकालिएको थियो। केन्द्रीय नेतासहितको जुलुस पुल बनेको स्थानमा पुगेर सभासहित उद्घाटन गरिएको छ।

    दुई करोड ५४ लाख रुपैयाँ लागतमा गत साल पुल निर्माण सकिएको छ। उद्घाटन गर्न बोलाउने व्यक्तिका विषयमा विवाद भएपछि नेकपा कार्यकर्ता विरोधमा उत्रिएका थिए।

    बुधबार जिल्ला प्रशासन कार्यालयले पुल क्षेत्रमा निषेधाज्ञा जारी गरी पौडेललाई पुल उद्घाटन गर्न नजान आग्रह गरेको थियो। तर पौडेललाई पुल उद्घाटन गर्न जाँदा नियन्त्रणमा लिई ३ घण्टापछि छाडेको थियो।

    बिहीबार भने उक्त पुल उद्घाटनमा प्रशासनले अवरोध गरेन। नेता पौडेललाई गिरफ्तारी गरेको विरोधमा नेविसंघ र तरुण दलले आज देशभर प्रदर्शन गरिरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार