Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • ओलीका विश्वासपात्र गोकुल बाँस्कोटाद्वारा नेकपा ‘कोल्याप्स’ नै हुने घोषणा

    ओलीका विश्वासपात्र गोकुल बाँस्कोटाद्वारा नेकपा ‘कोल्याप्स’ नै हुने घोषणा

    अनलाइन नेपाल
  • बुधबार, १७ मंसिर २०७७
  • 3.4K
    SHARES

    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीका अत्यन्त विश्वासपात्र  मानिने पूर्व मन्त्री गोकुल बाँस्कोटाले नेकपाको कोल्याप्स यसै समयमा देखिने घोषणा गरेका छन् ।

    सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा) भित्र विवाद चर्किरहेका बेला बाँस्कोटाले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै  नेकपाको कोल्याप्स यसै समयमा देखिने घोषणा गरेका हुन ।



    उनले फेसबुकमा लेखेका छन्, ‘नेकपा विवाद हेर्दा बहुत सरल रूपमा यो भन्न सकिन्छ कि महाधिवेशन छलेर, कार्यकर्तालाई निर्णय गर्ने अवसरबाट वञ्चित गरेर अनि आमचुनावमा जनताले गर्ने फैसला समेत कुर्न नसकेर जाने हो भने नेकपाको क्लाइमेक्स र कोल्याप्स यसै समयमा देखिने भो । त्यसपछि जय जय जय होइन, जय नेपाल। ’



    नेकपाको सचिवालय बैठक मंसिर २० गते शनिबार बस्ने  छ । ओलीमाथि प्रधानमन्त्री वा अध्यक्ष मध्ये एक पद छाड्नु पर्ने दबाब रहेको छ । मंसिर २० गते सम्भवतः ओलीले एक पद छाड्ने नेकपाका नेताहरुको आँकल छ । उनलाई अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुलेरै पद छाड्न चुनौती दिएका छन्।

    एक पद छाड्न पर्ने अवस्था आए ओलीले पार्टी फुटाउने पनि आशंका गरिएको छ।

    अध्यक्षद्वय बीचको विवादलाई टुंगो लगाउन बसेको हिजो र आजको बैठकले कुनै पनि निर्णय लिन नसकेपछि २० गतेका लागि अर्को बैठक तय भएको हो ।

    त्यस्तै, स्थायी समिति बैठक पनि मंसिर २१ गते बस्ने गरी सारिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार