Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • पुटिनद्वारा रुसमा अर्को सातादेखि कोरोना खोप निःशुल्क प्रयोग गर्न निर्देशन

    पुटिनद्वारा रुसमा अर्को सातादेखि कोरोना खोप निःशुल्क प्रयोग गर्न निर्देशन

    अनलाइन नेपाल
  • बुधबार, १७ मंसिर २०७७
  • 3.2K
    SHARES

    तस्बिर रोयटर्स

    एजेन्सी। बेलायतले फाइजर–बायोएनटेकको खोप प्रयोग गर्न अनुमति दिएपछि रुसी राष्ट्रपति भ्लादमिर पुटिनले पनि अर्को सातादेखि कोरोना खोप प्रयोग गर्न निर्देशन दिएका छन् ।

    राष्ट्रपति पुटिनले बुधबार अर्को सातादेखि मास भ्याक्सिनेसन सुरु गर्न निर्देशन दिएको बताएका हुन् ।



    रसिया टुडेका अनुसार पहिलो चरणमा स्वास्थ्य कर्मचारी र शिक्षकहरलाई खोप लगाइने  छ । रुसको फर्मास्युटिकल उद्योगहरुले ठूलो संख्यामा खोप लगाउनका लागि तयारी अवस्था रहेको रुसी सञ्चारमाध्यमहरुले जनाएका छन् ।



    रुसमा कोरोना विरुद्धको खोप निःशुल्क लगाइने बताइएको छ । गत अगस्टमा रुस कोरोना विरुद्धको खोप दर्ता गराउने पहिलो राष्ट्र बनेको थियो । उक्त खोपको नाम स्पुटनिक-भि दिइएको छ ।

    राष्ट्रपतिले उपप्रधानमन्त्री टाट्याना गोलिकोभालाई टेलिभिजनमा भने, ‘म तपाईलाई अर्को हप्ताको अन्तमा ठूलो मात्रामा खोप दिन सहयोग पुर्‍याउने तरिकाले काम व्यवस्थित गर्न अनुरोध गर्दछु।’

    बुधवार रक्षामन्त्री सेर्गे शोइगुले राष्ट्रपति पुटिनलाई  सेनाले कोरोना भाइरससँग लड्न सहयोगका लागि अझ चारवटा मेडिकल सेन्टरहरू निर्माण गरिसकेको जानकारी दिएका थिए।

    मेडिकल सेन्टरहरू दक्षिणी अस्ट्रखन क्षेत्र र स्कोभ र सेभेरमोर्स्क शहरहरूमा स्थानीय अधिकारीहरूलाई हस्तान्तरण भइसकेको छ।

    पुतिनले रूसी वैज्ञानिकहरूको पनि प्रशंसा गरे र भने, ‘कोरोना भाइरस संक्रमण बिरूद्ध विश्वको पहिलो दर्ता गरिएको खोप स्पुतनिक भिको उत्पादनले नै खोप सुरु गर्न  अनुमति दिने वताए ।

    स्पुतनिक भिलाई अगस्टमा राज्य अनुमोदन प्राप्त भयो, तीन चरण क्लिनिकल परीक्षणहरू चलिरहेका छन्। अक्टुबरको मध्यमा, रूसले यसको दोस्रो खोप एपिभ्याकोरोना पनि दर्ता गर्‍यो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार