Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • अझै १५ दिन फिल्म हल नखोल्न सरकारको आग्रह

    अझै १५ दिन फिल्म हल नखोल्न सरकारको आग्रह

    अनलाइन नेपाल
  • बुधबार, १७ मंसिर २०७७
  • 2.8K
    SHARES

    फाइल फोटो

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तत्काल फिल्म हल नखोल्न अनुराेध गरेकाे छ ।

    मन्त्रालयको नियमित ब्रिफिङमा प्रवक्ता डा.जागेश्वर गौतमले १५ दिन अझै कडाइका साथ हल तथा रात्रिकालिन व्यवसाय बन्द गर्नुपर्ने सरकारले निर्णय गरेकाे जानकारी दिए ।



    ‘नेपाल सरकारले नखोल्ने भनिएका सेवा र कार्यहरु अझै १५ दिन कडाइका साथ नखोल्ने, उक्त निर्णय पूर्णरुपमा कार्यन्वयन गर्ने र आगामी १५ दिनको संक्रमणको अवस्था हेरेर मात्रै हालसम्म जारी जनस्वास्थ्यका मापदण्डका विषयमा पुनरावलोकन गर्ने,’ उनले भने ।



    संक्रमणको अवस्थालाई मध्यनजर गर्दै सिनेमा हलहरु, रात्रीकालिन व्यवसायहरु, धेरै मानिसहरु जम्मा हुने र जनस्वास्थ्यका मापदण्डहरु उल्लंघन हुने खालका संस्था तथा व्यवसाय अझै नखोल्न अनुरोध गरेका हुन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार