काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तनहुँमा रामचन्द्र पौडेललाई गिरफ्तार गरेको घटनाकाे चर्को विरोध गरेका छन् ।
सभापति देउवाले बुधबार एक विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेलप्रतिको दुर्व्यवहार र गिरफ्तारी सर्वसत्तावादको संकेत भएको आरोपसमेत लगाएका छन् ।
उनले घटना आपत्तिजनक एवं निन्दनीय भएको भन्दै सरकारको यो प्रवृत्तिविरुद्ध देशव्यापी विरोध हुने चेतावनीसमेत दिएका छन् ।
बुधबार दिउँसो तनहुँ जिल्ला व्यास नगरपालिकाको वडा नम्बर १ र ११ जोड्ने बुल्दी खोलाको पुल उद्घाटन गर्न पुगेका नेता पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेपाली कांग्रेसकै पालामा निर्माण सम्पन्न भएको पुल बुधबार स्थानीय उपभोक्ता समितीले सर्वसम्मत रुपमा निर्णय गरेर उद्घाटनका लागि पौडेललाई बोलाएका थिए ।
Leave a Reply