Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • उद्योगी व्यवसायीको माग: दोहोरो प्रकृतिका कर खारेज गराैं

    उद्योगी व्यवसायीको माग: दोहोरो प्रकृतिका कर खारेज गराैं

    अनलाइन नेपाल
  • बुधबार, १७ मंसिर २०७७
  • 2.2K
    SHARES

    काठमाडाैं । उद्योगी व्यवसायीले प्रदेशमा लाग्ने करले निजी क्षेत्रको मनोबल कमजोर बनाएको भन्दै दोहोरो प्रकृतिका करलाई खारेज गर्न माग गरेका छन् । संघ र प्रदेशमा उस्तै किसिमका कर लगाउँदा दोहोरो करको मारमा परेकोले निजी क्षेत्रको मनोबल कमजोर भएको उद्योग व्यवसायीले बताएका हुन् ।

    उद्योग वाणिज्य महासंघका नवनिर्वाचिन पदाधिकारीले बुधबार अर्थमन्त्रालयमा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेट गरी आफूहरू दोहोरो करको मारमा परेको भन्दै समस्या समाधान गरिदिन माग गरेका हुन् । महासंघका अध्यक्ष शेखर गोल्छाले प्रदेशमा लाग्ने कतिपय करले गर्दा निजी क्षेत्रको मनोबल खसेको बताए । यसरी दुई सरकारबाट कर अशुली गर्नु कानुनविपरीत भएको उनले बताए ।



    यस्तै, देशको आर्थिक विकासमा कतिपय कानुन बाधक रहेको पनि अध्यक्ष गोल्छाले बताए । त्यसका लागि कुनकुन कानुन परिमार्जन गर्नुपर्छ भन्ने सम्बन्धमा महासंघले छुट्टै प्रतिवेदन तयार गरी सरकारलाई सुझाव दिन लागेको पनि अध्यक्ष गोल्छाले बताए ।



    महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिडको असरका कारण साना र मझौला उद्योग व्यवसाय बन्द हुने अवस्थामा पुगेको भन्दै त्यसतर्फ ध्यान दिन माग गरे । यस्तै, सरकारले निर्यातलाई अझ बढी प्राथमिकता दिनुपर्नेमा जोड दिए । रेमिट्यान्सलाई उत्पादन क्षेत्रमा लगाउन सरकारले प्रोत्साहित गर्नुपर्ने र निजी क्षेत्रलाई सरकारको पार्टनरको रूपमा हेर्न सुझाव दिए ।

    अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रप्रति सरकारको दृष्टिकोण सकारात्मक रहेको बताए । निजी क्षेत्रलाई हतोत्साही तुल्याउने र मनोबल गिराएर उत्पादन, रोजगारी र आर्थिक वृद्धिजस्ता सपना सार्थक तुल्याउन सक्दैनौँ भन्ने कुरा सरकारले राम्रोसँग बुझेको बताए । कोभिडको प्रभावलाई केन्द्रमा राखेर बजेटमार्फत वा मौद्रिक नीतिमार्फत सम्बोधन गरिएका कार्यक्रमको प्रभावकारी कार्यान्वयन भएन भन्ने विषयमा आफ्नो ध्यान केन्द्रित भएको पनि अर्थभन्त्री पौडेलले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार