Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • बेलायतले दियाे फाइजर–बायोएनटेकको खोप प्रयोग गर्न अनुमति

    बेलायतले दियाे फाइजर–बायोएनटेकको खोप प्रयोग गर्न अनुमति

    अनलाइन नेपाल
  • बुधबार, १७ मंसिर २०७७
  • 2.5K
    SHARES

    एजेन्सी । बेलायतले फाइजर–बायोएनटेकको खोप प्रयोग गर्न अनुमति दिएकाे छ। फाइजर र बायोएनटेक कम्पनीले निर्माण गरेको कोरोनाभाइरसविरुद्धको खोपलाई प्रयोग गर्ने अनुमित दिने बेलयात विश्वमै पहिलो देश बनेको छ । बेलायतमा अर्को हप्तादेखि खोप दिइन सुरु गरिने बताइएको छ ।

    ‘स्वतन्त्र मेडिसिन्स एन्ड हेल्थकेयर प्रोडक्टस रेगुलेटरी एजेन्सी (एमएचआरए) को सिफारिसमा सरकारले फाइजर–बायोएनटेकको कोभिड–१९ को खोपलाई प्रयोगका लागि अनुमित दिएको छ,’ सरकारद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।



    बेलयातभर अर्को हप्तादेखि खोप उपलब्ध गराइने विज्ञप्तिमा जानकारी दिइएको छ । स्वास्थ्य सचिव म्याट ह्यानककले अर्को हप्ताको शुरुदेखि खोपको कार्यक्रम शुरु गरिने बताए । ‘यो निकै खुसीको कुरा हो,’ उनले भने ।



    बेलयातको खोप कमिटीले कुन प्राथमिकता समूहले पहिलो खोप पाउनेछन् भनेर निर्णय गर्नेछ । यसमा केयर होमका वासिन्दा, स्वास्थ्यकर्मी र बृद्धि र रोगका कारण जोखिम समूहमा रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार