Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • सचिवालय बैठकमा प्रधानमन्त्री ओली सहभागी हुने

    सचिवालय बैठकमा प्रधानमन्त्री ओली सहभागी हुने

    अनलाइन नेपाल
  • बुधबार, १७ मंसिर २०७७
  • 2.4K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली सचिवालय बैठकमा सहभागी हुने भएका छन् । ओली आजको बैठकमा सहभागी हुने नेता सुवासचन्द्र नेम्वाङले बताए ।

    यसअघि ओलीले बैठकको औचित्य नभएको भन्दै आजको बैठकमा सहभागी नहुने अडान लिएका थिए । तर प्रधानमन्त्री निवास बालुवाटारमा ओलीपक्षीय नेताको बैठकपछि ओली बैठकमा सहभागी हुन राजी भएको बताइएको छ । सो बैठकमा सचिवालयमा कसरी प्रस्तुत हुने भन्नेबारे रणनीति बनाइएको बताइएको छ ।



    यस्तै कार्यकारी अधयक्ष प्रचण्ड पक्षीय नेताहरुको बैठक पनि खुमलटारमा बसेको छ । बुधबार बिहान बसेको बैठकमा प्रचण्डसहित वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम लगायतको सहभागीता रहेको बताइएको छ । सचिवालय बैठक २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार