Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • कोरोनाभन्दा खोपबाट बच्न अझ बढी चुनौतीपुर्ण

    कोरोनाभन्दा खोपबाट बच्न अझ बढी चुनौतीपुर्ण

    अनलाइन नेपाल
  • बुधबार, १७ मंसिर २०७७
  • 2.9K
    SHARES

    एजेन्सी । ‘विश्वव्यापी महामारी अन्त्यका लागि खोप परिक्षण गर्न धेरै फार्महरुलाई लगाइएको छ । तर, यो परीक्षण धेरैले सोच्न सक्ने प्रश्नहरूको उत्तर दिने कुरामा केन्द्रित छैनन् ।’

    कोरोना महामारीको मारमा परेको विश्वलाई आशाको नयाँ दियो बन्न लागेको कोभिड बिरुद्धको खोप परिक्षणका सम्बन्धमा टिप्पणी गर्दै, ब्रिटिश मेडिकल जर्नलको सहसम्पादक र मेरील्याण्ड स्कूल अफ फार्मेसी विश्वविद्यालयमा औषधि स्वास्थ्य सेवा अनुसन्धानका सहायक प्राध्यापक पिटर दोशीले दिएको अभिव्यक्ति हो, यो ।



    यसले महान् बैज्ञानिक अल्बर्ट आइनस्टाइनको यो भनाईलाई स्मरण गराउँछ, ‘प्रतिभा र मूर्खताको बिचको भिन्नता यो हो कि प्रतिभाको सीमा हुन्छ ।’ हो, जनस्वास्थ्यबारे चिन्ता गर्ने धेरै विद्वानहरुले भनिरहेका छन्– खोपले कोभिडको उपचार गर्दैन । मानिसहरूलाई कोभिड सर्नबाट रोक्दैन । खोपहरूले कोभिड सम्बन्धी अस्पताल भर्ती हुनु नपर्ने बनाउँदैन । कोभिडबाट हुने मृत्युलाई यसले रोक्दैन ।



    त्यसोभए कोरोना बिरुद्ध बनेको भनिएको खोपले के गर्छ त ? जवाफ हो– नयाँ कोभिड खोपले ठूला फार्मास्यूटिकल कम्पनीहरूका लागि अर्बौ डलर बनाउँदछ ।

    यहि कुरालाई केन्द्रमा राख्दै बेलायती संसद्को खोप र सरुवा रोग उन्मुलन सम्बन्धि सयुक्त समितिलाई युके मेडिकल फ्रिडम एलायन्सले पत्र लेख्दै भनेको छ–‘विकास गरिएका नयाँ खोपहरुमा मानव स्वास्थ्यलाई प्रतिकुल असर गर्ने धेरै कुराहरु छन् । त्यसैले खोप निर्माणको हतारमा विध्वशं मच्याउन तिर लाग्नु हुँदैन ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार