Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • पाँचथरमा गाडी दुर्घटना: एकजनाको मृत्यु, २ जना गम्भीर

    पाँचथरमा गाडी दुर्घटना: एकजनाको मृत्यु, २ जना गम्भीर

    अनलाइन नेपाल
  • बुधबार, १७ मंसिर २०७७
  • 2.2K
    SHARES

    फाइल : तस्बिर

    फिदिम । मेची राजमार्गअन्तर्गत पाँचथरमा सवारी दुर्घटना भएकाे छ। फिदिम नगरपालिका-१ स्थित सडक विभाग छेउमा मंगलबार राति भएको उक्त सवारी दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ भने दुई गम्भीर घाइते भएका छन् ।

    मृत्यु हुनेमा फिदिम-१ निवासी अर्जुन शङ्कर रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । यस्तै गम्भीर घाइते भएका धरान उपमहानगरपालिका-१ का पर्वत गुरुङ र झापा गरामुनि-१ बस्ने २१ वर्षीय अर्जुन मगरको झापाको विर्तासिटी अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक डम्बर विश्वकर्माले बताए ।



    स्वच्छन्द कन्काई निर्माण सेवाको बा१९च ५७३६ नंको डबल क्याप पिकअप गाडी फिदिमबाट जोरसाल जाने क्रममा अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेर दुर्घटनामा परेको हो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार