Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • प्रहरीमा चेन अफ कमाण्डको प्रश्न उठ्यो, आईजीपीको आचारसंहिता कागजमा मात्र !

    प्रहरीमा चेन अफ कमाण्डको प्रश्न उठ्यो, आईजीपीको आचारसंहिता कागजमा मात्र !

    अनलाइन नेपाल
  • बुधबार, १७ मंसिर २०७७
  • 4.2K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीमा पछिल्लो समय  सरुवा र बढुवामा चर्को राजनीतिक हस्तक्षेप भएपछि आईजीपी शैलेश थापा क्षेत्री कमजोर बन्न पुगेका छन् ।

    आईजीपी क्षेत्रीले तीन महिनाअघि ल्याएको आचारसंहितामा प्रहरी अधिकारीहरू व्यक्तिगत स्वार्थका लागि राजनीतिक भेटघाट गर्न नपाइने उल्लेख थियो ।



    आचारसंहिताको यो बुँदाको हालै डिआइजी विश्वराज पोखरेलले धज्जी उडाइदिए । आईजीपी क्षेत्रीलाई नै थाहा नदिई एआईजीको दरबन्दी थप्नेदेखि त्यसमा आफ्नो बढुवा गर्न उनी सफल भएका छन् ।



    पोखरेलको ब्याचका सहकुल थापा, धिरजप्रताप सिंह, वसन्त लामा, रवीन्द्र धानुक, उत्तमराज सुवेदी हाल डीआईजी छन् ।

    १८ महिना पछि पोखरेललाई आईजीपी बनाउन उनीहरुलाई प्रतिष्पर्धामै बन्चित गराइएको छ।

    यो घटनाका कारण नेपाल प्रहरीमा चेन अफ कमाण्डको गम्भीर प्रश्न उठेको छ ।  एआईजीमा सिफारिस भएका पोखरेल शक्तिशाली देखिएको यसले प्रहरी नेतृत्वलाई कमजोर बनाउने प्रहरी अधिकारीहरु नै बताउँछन् ।

    गत बैशाखमा नै पोखरेल बढुवा हुन खोज्दा आईजीपीले रोक्न सफल भएका थिए । यसपटक उनको केही लागेन । संगठनमा एउटा सिष्टम बिगारेको दोष भने आईजीपीले समेत भोग्नुपर्ने अवस्था छ ।

    आईजीपीसहितको समितिले पोखरेललाई एआईजी बनाउन सिफारिस गरेको हो ।

    पछिल्लो निर्णयहरुबाट आईजीपी क्षेत्री कमजोर बन्दै गएको देखिन्छ । गत साताको एसएसपी सरुवामा पनि उनी चुकेका थिए । धेरैजसो महत्वपूर्ण इन्चार्जहरु शक्तिकेन्द्रको सिफारिसमै भएका छन् ।

    काठमाडौं परिसरका एसएसपी श्याम ज्ञवालीलाई उनले ६ महिनामै हटाउनुको कारण दिन सकेका छैनन।

    अब हुने डिआइजी बढुवामा उनको लागि अग्निपरीक्षा छ । डिआईजीका ९ पद रिक्त रहेकोमा २१ जना एसएसपी प्रतिस्पर्धामा छन् । त्यसमध्ये ११ जना उनकै ब्याचका छन् ।

    आईजीपीको ब्याचबाट पुरुषोत्तम कँडेल, देवबहादुर बोहोरा, गणेश ऐर, दिलीप चौधरी, राजेशलाल कर्ण, रामकृपाल शाह, उमेश रञ्जितकार, प्रकाश अधिकारी, शेखर कोइराला, किशोर दाहाल, शौरभ राणा बढुवाका दाबेर छन् ।

    त्यस्तै ११ महिनापछि भर्ना भएको पछिल्लो ब्याचबाट दिवेश लाहेनी, मुकुन्द आचार्य, सुशील यादब, पूजा सिंह, नरबहादुर खत्री, मोहन आचार्य, नल प्रसाद उपाध्याय, बिक्रम चन्द, मसाउद आलम खाँ लगायत पनि प्रतिस्पर्धामा छन् ।

    यही व्याचका विश्वराज पोखरेल अब एआईजी बन्न पुगेका छन् ।

    आईजीपीको केही नचल्ने देखेपछि बढुवाका प्रतिस्पर्धीहरु प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादलका सहयोगीहरुमार्फत सेटिङमा लागेका छन् ।

    आईजीपी क्षेत्रीले आफ्ना उच्च अधिकारीहरुसँग छलफल गरेरै निर्णय लिने सामूहिक नेतृत्व प्रणाली अवलम्बन गरेका थिए । तर त्यो लागू हुने अवस्था अब देखिदैन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार