Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • कार दुर्घटनामा ९ हप्ते बालिकासहित पाँच जनाको मृत्यु

    कार दुर्घटनामा ९ हप्ते बालिकासहित पाँच जनाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, १७ मंसिर २०७७
  • 1.8K
    SHARES

    एजेन्सी । पश्चिमी जर्मनीको ट्रायर शहरको ‘फुटपाथ एरिया’ मा एक कार जोतिँदा ९ हप्ते बालिकासहित पाँच जनाको मृत्यु भएको छ ।

    ५१ वर्षे स्थानीय कार चालकलाई पक्राउ गरिसकिएको छ । ती चालकले उल्लेख्य मात्रामा मदिरा सेवन गरेको बताइएको छ



    अधिकारीले यो घटना राजनीतिक वा धार्मिक रुपमा प्रेरित भएको हो कि भन्ने आशंकामाथि काम नगरिरहेको बताएका छन् ।



    शहरका मेयरले उक्त घटनालाई भयानक भनेका छन् ।

    प्रत्यक्षदर्शीका अनुसार निकै तीबै गतिमा हुँइकिएको एसयूभीले कति पैदल यात्रुलाई हावामा समेत फालिदिएको थियो ।

    घटना स्थानीय समयानुसार दिउँसो पौने दुई बजेको हो ।

    घटनामा २५, ५२ र ७३ वर्षका तीन महिलाको ज्यान गएको छ भने ती बालिकाका ४५ वर्षे बुवाको पनि मृत्यु भएको छ । उनकी श्रीमती र उनका एक वर्षका छोरा घाइते भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार