Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कार दुर्घटनामा ९ हप्ते बालिकासहित पाँच जनाको मृत्यु

एजेन्सी । पश्चिमी जर्मनीको ट्रायर शहरको ‘फुटपाथ एरिया’ मा एक कार जोतिँदा ९ हप्ते बालिकासहित पाँच जनाको मृत्यु भएको छ ।

५१ वर्षे स्थानीय कार चालकलाई पक्राउ गरिसकिएको छ । ती चालकले उल्लेख्य मात्रामा मदिरा सेवन गरेको बताइएको छ

अधिकारीले यो घटना राजनीतिक वा धार्मिक रुपमा प्रेरित भएको हो कि भन्ने आशंकामाथि काम नगरिरहेको बताएका छन् ।

शहरका मेयरले उक्त घटनालाई भयानक भनेका छन् ।

प्रत्यक्षदर्शीका अनुसार निकै तीबै गतिमा हुँइकिएको एसयूभीले कति पैदल यात्रुलाई हावामा समेत फालिदिएको थियो ।

घटना स्थानीय समयानुसार दिउँसो पौने दुई बजेको हो ।

घटनामा २५, ५२ र ७३ वर्षका तीन महिलाको ज्यान गएको छ भने ती बालिकाका ४५ वर्षे बुवाको पनि मृत्यु भएको छ । उनकी श्रीमती र उनका एक वर्षका छोरा घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077