Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • बालुवाटारमा ‘केक पार्टी’पछि ओली र प्रचण्डबीच बाझाबाझ

    बालुवाटारमा ‘केक पार्टी’पछि ओली र प्रचण्डबीच बाझाबाझ

    ओलीले भ्रष्टाचारको 'जोक्स' सुनाएपछि प्रचण्ड हाँसिरहे

    अनलाइन नेपाल
  • मंगलबार, १६ मंसिर २०७७
  • 2.6K
    SHARES

    काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को  सचिवालय बैठकमा नेताहरुबीच घम्साघम्सी भएको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच  कडा बाझबाझ भएको छ ।

    स्रोतका अनुसार ओलीले सुरुमै प्रचण्डले आफूमाथि आरोप लगाएको भन्दै खण्डनामा उत्रिएका ओलीले ‘म भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार हुन पनि दिन्नँ’ भन्दा प्रचण्ड मुसुमुसु हाँसिरहेका थिए । प्रचण्ड मसुमुसु हासेको देखेपछि ओलीले ‘किन हाँसेको रु म गम्भीर कुरा गरिरहेको छु ’ भन्दै कड्किएका थिए ।



    बैठक शुरु हुनु अघि प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले महासचिव विष्णु पौडेललाई केक खुवाएका थिए । नेकपाका महासचिव तथा अर्थमन्त्री बिष्णु पौडेलको ६२ औँ जन्मदिन मनाईएको थियो ।



    बर्थडे केक खाँदासम्म सौहार्दपूर्ण देखिएको माहोल बैठक सुरुभए लगत्तै नेताहरुको खरो भनाभनले तात्तिएको थियो । ओलीले प्रचण्डले प्रस्ताव फिर्ता लिएर माफीसमेत माग्नुपर्ने बताएपछि सबै नेताहरु ओलीमाथि खनिएका थिए ।

    ओलीले प्रचण्डको राजनीतिक प्रतिवेदन नभई आरोप भएकाले छलफल हुन नसक्ने बताएपछि प्रचण्डले प्रतिवाद गर्दा घम्साघम्सी परेको एक सदस्यले वताए।

    ओलीले बैठकमा आरोपपत्रमाथि छलफल हुन सक्दैन, फिर्ता हुनुपर्छ भनेपछि प्रचण्डले तपाईं को हो, मैले ल्याएको प्रस्ताव फिर्ता हुनुपर्छ, छलफल हुँदैन भन्ने ? भन्दै चर्को प्रतिवाद गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार