Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • ओलीकाे पत्रमा व्यक्तिवाद र अंहकार छ : प्रचण्ड

    ओलीकाे पत्रमा व्यक्तिवाद र अंहकार छ : प्रचण्ड

    बालुवाटारबाटै देशभर गुटबन्दी गरेकाे आरोप

    अनलाइन नेपाल
  • मंगलबार, १६ मंसिर २०७७
  • 2.9K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीमा ठूलो अहंकार देखिएको आरोप लगाएका छन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेकाे नेकपा सचिवालय बैठमका प्रचण्डले प्रधानमन्त्रीसमेत रहेका ओलीले गुटबन्दी गरेको पनि जिकिर गरेका छन् । यसअगाडि पनि ओलीमाथि शक्तिकेन्द्रित गरेको तथा व्यक्तिवाद बढिरहेको आरोप पार्टीभित्रैबाट लाग्दै आएको थियो ।



    नेकपा सचिवालयका एक सदस्यका अनुसार प्रचण्डले ओलीलाई ‘तपाईंले अगाडि सारेको पत्रमा व्यक्तिवाद छ, अंहकार छ । तपाईंमा ‘आई एम द स्टेट’ भन्ने ठूलो भ्रम छ,’ भनेका थिए ।



    प्रचण्डले आफूमाथि लगाइएका आरोपको पनि खण्डन गरेका छन् । सचिवालयका ती सदस्यका अनुसार ओलीले गुटबन्दी गरेको आरोप लगाउँदै दाहालले भनेका थिए, ‘तपाईंमा जति गुटवाद कसैमा छैन । दिनदिनै बालुवाटारमा गुटबन्दी गर्नुहुन्छ । देशभरी मदन भण्डारी फाउन्डेशनमार्फत गुटबन्दी गर्ने काम तपाईंले नै गर्नुभएको छ । अरुलाई आरोप लगाउनुको कुनै तुक छैन ।’ बैठकमा ओली र प्रचण्डबीचमा घम्साघम्सी परेको वताइएको छ ।

    ओलीले प्रचण्डको राजनीतिक प्रतिवेदन नभई आरोप भएकाले छलफल हुन नसक्ने बताएपछि प्रचण्डले प्रतिवाद गर्दा घम्साघम्सी परेको एक सदस्यले वताए।

    ओलीले बैठकमा आरोपपत्रमाथि छलफल हुन सक्दैन, फिर्ता हुनुपर्छ भनेपछि प्रचण्डले तपाईं को हो, मैले ल्याएको प्रस्ताव फिर्ता हुनुपर्छ, छलफल हुँदैन भन्ने ? भन्दै चर्को प्रतिवाद गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार