Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • क्रोएसियाका प्रधानमन्त्रीलाई कोरोना संक्रमण

    क्रोएसियाका प्रधानमन्त्रीलाई कोरोना संक्रमण

    अनलाइन नेपाल
  • मंगलबार, १६ मंसिर २०७७
  • 2.3K
    SHARES

    एजेन्सी । क्रोएसियाका प्रधानमन्त्री आन्द्रेज प्लेन्कोभिक कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ।

    गत शनिबार उनकी श्रीमतीलाई कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएपछि प्रधानमन्त्रीको पनि परीक्षण गरिएको थियो ।



    उनलाई पनि सङ्क्रमण पुष्टि भएपछि अहिले उनी दश दिनका लागि सेल्फ आइसोलेसनमा बसेकाे अधिकारीहरुले जानकारी दिएका छन् ।



    उनलाई पहिलो पटक परीक्षण गर्दा नेगेटिभ नै देखिएको थियो । तर स्वास्थ्यकर्मीहरूले फेरि परीक्षण गर्न सुझाव दिएपछि परीक्षण गर्दा पोजेटिभ देखिएको अधिकारीहरूले जनाएका छन् ।

    अहिले उनको स्वास्थ्य अवस्था सामान्य नै रहेको जनाइएको छ । उनले घरबाटै आफ्ना कामहरु गरिरहेकाे पनि अधिकारीहरुले बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार