काठमाडौं । पछिल्लाे केही दिनयता काठमाडाैँमा राजावादी समर्थकहरूले नारा-जुलुस गर्न थालेपछि प्रशासनले कडाइ गरेकाे छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले भिडभाड हुने कुनै पनि गतिविधि नगर्न निर्देशन दिँदै कडाइ गरेकाे हाे।
जिप्रकाका अनुसार नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीका बीच सभा, जुलुस, प्रदर्शन वा अभियानको नाममा भिडभाड गर्नेलाई कानुनी कारबाही गरिने छ ।
राजनीतिक वा अन्य माग राखेर भिडभाड गर्नेलाई स्थानीय प्रशासन ऐन र संक्रामक रोग ऐन अनुसार कारबाही गरिने जिप्रका काठमाडौंले मंगलबार जारी गरेको सूचनामा उल्लेख छ ।
कोभिड–१९ नियन्त्रणमा नआइसकेको र भिडभाड गर्दा महामारीले भयावह रुप लिन सक्ने भन्दै यस्तो आदेश जारी गर्नु परेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
Leave a Reply