Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • इरानका चर्चित परमाणु वैज्ञानिकलाई रिमोट कन्ट्रोल हतियारले मारिएको खुलासा, हत्याको बदला लिने घोषणा

    इरानका चर्चित परमाणु वैज्ञानिकलाई रिमोट कन्ट्रोल हतियारले मारिएको खुलासा, हत्याको बदला लिने घोषणा

    अनलाइन नेपाल
  • सोमबार, १५ मंसिर २०७७
  • 5.8K
    SHARES

    एजेन्सी। इरानले  चर्चित परमाणु वैज्ञानिक मोहसिन फाख्रीजादेहलाई रिमोट कन्ट्रोल हतियारले मारिएको दाबी गरेको छ ।

    इजरायल र निर्वासित विपक्षी समूहले  शीर्ष परमाणु वैज्ञानिक मोहसिन फाख्रिजादेहलाई मार्न टाढाको नियन्त्रणमा रहेको हतियारको प्रयोग गरेको इरानले दाबी गरेको छ ।



    तेहरानमा फाख्रीजादेहको अन्त्येष्टिमा एक भाषणमा सुरक्षा प्रमुख अली शमखानीले भने , ‘आक्रमणकारीले इलेक्ट्रोनिक उपकरणहरू प्रयोग गरे र घटनास्थलमा उपस्थित थिएनन्।’ उनले अरू कुनै पनि विवरण दिएनन्।



    इरानी प्रतिरक्षा मन्त्रालयले सुरुमा  बन्दुकधारीहरूले कारलाई लक्षित गरेर फाख्रीजादेहलाई गोली हानिएको जनाएको थियो ।

    इजरायलले यी दावीमा कुनै टिप्पणी गरेको छैन। सन २००० को शुरुमा इराकको आणविक कार्यक्रममा फाख्रीजादेहले महत्वपूर्ण भूमिका खेलेका थिए र हालसालै इजरायलले आणविक हतियारको गोप्य विकासमा सहयोग गरिरहेको आरोप लगाएको थियो।

    फाख्रिजादेहको अन्त्येष्टि समारोह तेहरानको रक्षा मन्त्रालयमा भएको थियो। उनका अवशेषहरू त्यसपछि राजधानीको उत्तरमा एउटा चिहानमा हस्तान्तरण गरियो।

    इरानी सरकारी टेलिभिजनले झण्डाधारी कफिन सैनिकले बोक्दै गरेको कुरा देखायो र गुप्तचर मन्त्री महमूद अलावी, क्रान्तिकारी गार्ड्सका कमाण्डर जनरल होसेन सलामी र आणविक प्रमुख अली अकबर सालेही लगायतका वरिष्ठ अधिकारीहरूले श्रद्धाज्नली चढाए।

    सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव रियर एडमिरल शाम्खानीले उक्त समारोहमा ईरानी खुफिया र सुरक्षा सेवाहरूले फाख्रीजादेहको हत्या गर्ने षडयन्त्रको बारेमा सचेत रहेको  र तिनीहरूले कहाँ आक्रमण हुन सक्छ भनेर भविष्यवाणी गरेको वताएका थिए ।

    ‘फाख्रीजादेहको सुरक्षाका लागि आवश्यक सुधार गरिएको थियो तर दुश्मनले पूर्ण रुपमा नयाँ, पेशेवर र विशेष विधि प्रयोग गर्‍यो र दुर्भाग्यवस ती सफल भए’- उनले भने।

    उनले थपे, ‘यो इलेक्ट्रोनिक उपकरण प्रयोग गर्ने धेरै नै जटिल मिशन थियो। घटनास्थलमा कोही पनि थिएनन्।’

    एड्मिरलले अपराधीहरुको पहिचानको बारेमा केहि सुरागहरु प्राप्त भएको दाबी पनि गरे  ।

    सोमबारको अन्त्येष्टिमा  रक्षामन्त्री जनरल अमीर हातमीले फाख्रीजादेहको हत्याको बदला लिने इरानको प्रतिबद्धता दोहोर्याए।

    ‘दुश्मनलाई थाहा छ, र म सिपाहीको रूपमा भन्छु कि इरानी जनतालाई कुनै अपराध, कुनै आतंक र कुनै मूर्ख काम अनुत्तरित हुनेछैन,’ उनले भने।

    शुक्रवार इरानको रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको थियो , ‘सशस्त्र आतंककारीहरूले रक्षा मन्त्रालयको अनुसन्धान तथा नवीनता विभागका प्रमुख मोहसिन फाख्रिजादेहलाई बोकेका गाडीलाई निशाना बनाएका थिए। फख्रिजादेह  र उनका अंगरक्षकहरू झडपमा नराम्ररी घाइते भए। फख्रिजादेहलाई एउटा स्थानीय अस्पताल लगियो। दुर्भाग्यवस, चिकित्सा टोलीको उनलाई बचाउन सबै प्रयास विफल भयो।’

    ईरानी समाचार एजेन्सी फार्सका अनुसार प्रत्यक्षदर्शीहरूले पहिले विस्फोटनको आवाज सुने र त्यसपछि मेशिन गनबाट गोली चलेको सुनेका थिए । एजेन्सीका अनुसार प्रत्यक्षदर्शीहरूले पनि ३/४ जना चरमपन्थी मारिएको बताएका छन्।

    मोहसिन फाख्रिजादेह इरानका अग्रणी परमाणु वैज्ञानिक र वरिष्ठ आईआरजीसी अधिकारी थिए। पश्चिमी देशका सुरक्षा विज्ञहरूका अनुसार उनी इरानमा धेरै शक्तिशाली थिए र इरानको आणविक हतियार कार्यक्रममा उनको ठूलो भूमिका थियो।

    इजरायलले २०१८ मा केही गुप्तचर कागजातहरू प्राप्त गरेको दाबी गरेको छ जस अनुसार मोहसिनले इरानको आणविक हतियार कार्यक्रम सुरु गरे। बिबिसीबाट साभार

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार