इलाम । इलाममा पिकअप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । एक जना घाईते भएका छन् ।
इलामकाे फाकफोकथुम गाउँपालिका-५ लुम्देमा भएकाे दुर्घटनामा परी २ जनाको घटनास्थलमै मृत्यु भएको र एक जनाको अवस्था चिन्ताजनक रहेकाे वडा नम्बर ५ का वडाध्यक्ष सिद्धमान आलेले जानकारी दिए ।
पिकलप चालक घाईते भएकाे र उनलाई अस्पताल ल्याउने तयारी भइरहेकाे राईले जानकारी दिए ।
दुर्घटनामा परेकाे पिकअपकाे नम्बरसमेत खुल्न सकेकाे छैन ।
थप विवरण आउन बाँकी छ ।