Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • डिआईजी पोखरेललाई एआईजी बनाउन गृह मन्त्रालयमा बैठक

    डिआईजी पोखरेललाई एआईजी बनाउन गृह मन्त्रालयमा बैठक

    अनलाइन नेपाल
  • सोमबार, १५ मंसिर २०७७
  • 3.7K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीमा दुई साता अघि दरबन्दी थपिएको एक एआईजी पदमा बढुवाका लागि गृह मन्त्रालयमा बढुवा समितिको बैठक बसेको छ ।

    स्राेतका अनुसार गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बढुवा समितिको बैठक अहिले गृहमा जारी छ ।



    प्रहरी मुख्यालय र गृह मन्त्रालयलाई समेत जानकारी नै नदिई मन्त्रीपरिषद्ले डिआईजी विश्वराज पोखरेललाई एआईजी बनाउन दुई साता अघि सिधै दरबन्दी थप गरेको थियो ।



    उपप्रधानमन्त्री इश्वर पोखरेलले आफन्त नाता पर्ने डिआईजी पोखरेललाई बढुवाका लागि मन्त्रीपरिषद्बाट सिधै दरबन्दी थप गराएका थिए ।

    जवकी गृह सचिव नेतृत्वको संगठन तथा व्यवस्थापन सर्वेक्षण समिति (ओएण्डएम)ले पाँच जना डिआईजीको मात्र दरबन्दी थप गर्न सिफारिस गरेको थियो ।

    ओएण्डएम समितिमा आईजीपी पनि सदस्य रहन्छन् । आफ्ना ब्याचीहरुलाई पछि पार्दै डिआईजीमा ‘सिंगल’ बढुवा भएका पोखरेल आईजीपी शैलेश थापा क्षेत्रीपछि प्रहरी प्रमुख हुने दाउमा छन् ।

    पोखरेल अहिले एआईजी बने भने उनलाई आईजीपी बन्ने बाटो खुल्नेछ । बढुवा समितिले मन्त्रीपरिषद्मा नाम सिफारिस गरेपछि एआईजी बढुवा हुने कानुनी व्यवस्था छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार