Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • २४ घण्टामा थपिए १४ सय ७४ काेराेना संक्रमित, १ हजार ९३१ जना डिस्चार्ज

    २४ घण्टामा थपिए १४ सय ७४ काेराेना संक्रमित, १ हजार ९३१ जना डिस्चार्ज

    अनलाइन नेपाल
  • सोमबार, १५ मंसिर २०७७
  • 2.8K
    SHARES

    फाइल फोटो

    काठमाडाैं । नेपालमा आज थप १ हजार ४७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ३३ हजार ४५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



    यस्तै बितेको २४ घण्टामा १ हजार ९३१ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।



    योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख १४ हजार ५२१ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४२३ रहेको छ ।

    यस्तै आज काेराेना भाइरसकाे संक्रमणबाट थप २९ जनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा काेराेना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या १ हजार ५ सय ८ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

    यस्तै हिजाे १ हजार १ हजार २ सय ५५ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे थियाे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार