काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थिति भएकाे भिडियाे टिकटकमा देखिएको छ ।
उनको यो अकाउण्ट भेरिफाइ पनि भइसकेको छ । अकाउण्टमा अहिलेसम्म एउटा मात्र भिडियो शेयर गरिएको छ ।
तर, प्रधानमन्त्रीका प्रेस संयोजक रामशरण बजगाईले भने यो अकाउण्ट कसले बनायो भन्नेबारे आफूलाई जानकारी नभएको बताए । यो अकाउण्ड प्रधानमन्त्रीको टिमले नबनाएको उनले बताए । बजगाइले आफ्नो टिमले नबनाएको भने पनि यो अकाउण्ट भेरिफाइ भइसकेको छ । आधिकारिकता पुष्टि गर्ने पर्याप्त आधार भएपछि मात्रै यस्ता अकाउण्ट भेरिफाइ हुन्छन् । यो अकाउण्टलाई १६ सय भन्दा धेरैले फलो गरिसकेका छन् ।
यो भिडियोलाई ९ हजारभन्दा धेरैले लाइक गरिसकेका छन् । २ सय जनाले कमेन्ट गरेका छन् । भिडियोको भ्यू १ लाख ३० हजार बढी भइसकेको छ । १५० भन्दा धेरैले शेयर गरेका छन्।
https://www.tiktok.com/@kpsharmaoli_official/video/6900199854916603137?referer_url=https%3A%2F%2Fwww.dcnepal.com%2F&referer_video_id=6900199854916603137
Leave a Reply