Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • प्रिमियर लिग : युनाइटेडको उत्कृष्ट पुनरागमन

    प्रिमियर लिग : युनाइटेडको उत्कृष्ट पुनरागमन

    अनलाइन नेपाल
  • सोमबार, १५ मंसिर २०७७
  • 2.2K
    SHARES

    काठमाडौं । एडिसन कभानीको प्रेरणामा म्यान्चेस्टर युनाइटेडले साउथह्याम्पटनबिरुद्ध उत्कृष्ट पुनरागमन गरेको छ ।

    आइतबार भएको खेलमा युनाइटेडले दुई गोलले पछि परेको स्थिति उल्टाउँदै ३–२ को जीत हासिल गरेको हो ।



    मार्कस ग्रीनवुडको स्थानमा दोस्रो हाफमा मैदान प्रवेश गरेका ३३ वर्षीय उरुग्वेयन स्ट्राइकरले दुई गोल गर्नुका साथै एक गोलको अवसर सिर्जना गर्दै युनाइटेडलाई जीत दिलाए ।



    यसअघि जेम्स वार्ड प्राउसेले साउथह्याम्पटनलाई पहिलो हाफमा दुई गोलको अग्रता दिलाएका थिए । २३ औँ मिनेटमा जान बेडनारेकलाई गोलको अवसर सिर्जना गरेका उनले १० मिनेटपछि फ्रिकिकबाट गोल गर्दै साउथह्याम्पटनको अग्रता दोब्बर दोस्रो बनाए ।

    युनाइेडले आफ्नो इतिहासमा पहिलोपटक घरेलु मैदान बाहिर खेलिएका लगातार ८ खेल जित्न सफल भएको छ । जीतपछि युनाइटेड लिगको आठौँ स्थानमा उक्लिएको छ । साउथह्याम्पटन पाँचौ स्थानमा छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार