Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • हत्या अभियाेगका फरार प्रतिवादी पक्राउ

    हत्या अभियाेगका फरार प्रतिवादी पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, १४ मंसिर २०७७
  • 2.3K
    SHARES

    सुनसरी । प्रहरी कार्यालय सुनसरीले कर्तव्य ज्यान मुद्दाका एक फरार प्रतिवादी पक्राउ गरेकाे छ ।

    पक्राउ पर्नेमा रामधुनी नगरपालिका-६ घर भई मोरङ उर्लावारी नगरपालिका-५ डेरा गरी बस्ने ३२ वर्षीय कृष्णराज धामी  रहेका प्रहरीले प्रहरीले जनाएकाे छ।



    २०६४ वैशाख २८ गते राति साबिकमा चाँदवेला गाविस ७, मधेसा टोलस्थित साथीको विवाहमा जन्ती गएका सुनसरी साबिकमा एकम्वा गाविस ४ वस्ने सुरेन कुमार ठाकुरलाई झगडाको विषयमा प्रतिवादीहरु कृष्ण राज धामी लगायत ५ जनाले विवाह घर नजिक छुरा प्रहारबाट गम्भीर घाइते बनाई फरार रहेका थिए ।



    गम्भीर घाइते भएका सुरेनको बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा उपचारको क्रममा मृत्यु भएको थियो । सोही घटनामा जिल्ला अदालत सुनसरीबाट २०७१ साउन २९ गते उनीहरूलाई २० वर्ष कैदको फैसला भएको थियो ।

    कैद भुक्तान नभई फरार रहेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा प्रतिवादीहरुमध्ये कृष्ण राज धामीलाई मोरंङ उर्लावारी नगरपालिका ५ मा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।

    कृष्ण राजलाई जिल्ला अदालत सुनसरीमा बुझाइएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि कारागार झुम्का पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार