Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • पछिल्लाे २४ घण्टामा १२ सय ५५ जनामा काेराेना संक्रमण, १४०४ जना डिस्चार्ज

    पछिल्लाे २४ घण्टामा १२ सय ५५ जनामा काेराेना संक्रमण, १४०४ जना डिस्चार्ज

    अनलाइन नेपाल
  • आइतबार, १४ मंसिर २०७७
  • 2.3K
    SHARES

    काठमाडाैं । नेपालमा आज थप १ हजार २ सय ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ३१ हजार ९७८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



    यस्तै बितेको २४ घण्टामा १ हजार ४०४ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।



    योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख १२ हजार ५९० पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ९०९ रहेको छ ।

    यस्तै आज काेराेना भाइरसकाे संक्रमणबाट थप २५ जनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा काेराेना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या १ हजार ४ सय ७९ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

    यस्तै हिजाे शनिबार १ हजार ३ सय ८० जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे थियाे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार