काठमाडौं । जनगणतन्त्र चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङ्ही नेपालको एक दिवसीय औपचारिक भ्रमणका लागि काठमाडौँ आइपुगेका छन् । उनकाे स्वागतका लागि गृहमन्त्री राम बहादुर थापा बादल विमानस्थल पुगेका थिए ।
भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नेछन् । त्यस्तै प्रधान सेनापति पूर्णचन्द्र थापाले पनि उनसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् ।
त्यस्ते चिनियाँ रक्षामन्त्री वेईको भ्रमणलाई लक्षित गरेर सुरक्षा निकायले उच्च सुरक्षा सतर्कता अपनाएको छ ।
उनी आइतबार साँझ नै स्वदेश फर्कने कार्यक्रम छ । नेपालको उत्तरी छिमेकी चीनबाट यस वर्ष हुन लागेको यो पहिलो उच्च स्तरीय भ्रमण हो ।
भारतीय विदेश सचिव हर्षवद्र्धन शृंगलाले नेपाल भ्रमण गरेको दुई दिनपछि वेईको नेपाल भ्रमण हुन लागेकोमा यसलाई अर्थपूर्णरुपमा हेरिएको छ ।
Leave a Reply