Online Nepal
  • सोमबार, २९ पुष २०८१
  • पूर्वघोषित सैन्य सहयोगबारे चिनियाँ रक्षामन्त्रीसँग छलफल हुने

    पूर्वघोषित सैन्य सहयोगबारे चिनियाँ रक्षामन्त्रीसँग छलफल हुने

    अनलाइन नेपाल
  • आइतबार, १४ मंसिर २०७७
  • 4K
    SHARES

    काठमाडौं । पूर्वघोषित ३ सय मिलियन आरएमबी सैन्य सहयोग हस्तान्तरणको प्रगतिबारे चीनका रक्षामन्त्री तथा स्टेट काउन्सिलर वेई फेङहेको नेपालसँग छलफल हुने भएको छ ।

    प्रधानसेनापति पूर्णचन्द्र थापाले असार पहिलो साता गरेको चीन भ्रमणका क्रममा १५० आरएमबी सैन्य सहयोग गर्ने घोषणा भएको थियो । त्यसको तीन महिनापछि चिनियाँ राष्ट्रपति सी चिनफिङले गरेको नेपाल भ्रमणका क्रममा थप १५० मिलियन आरएमबी (नेपाली २ अर्ब ४१ करोड रुपैयाँ) सैन्य सहयोग गर्ने सहमति भएको थियो



    तर, दुवै सहमति कार्यान्वयनमा आउन सकेका थिएनन् । त्यसैले यो विषयमा चिनियाँ रक्षामन्त्री फेङहेसँग जंगीअड्डामा छलफल हुने सैन्य स्रोतले जनाएकाे छ। स्रोतका अनुसार कोभिड–१९ (कोरोना) भाइरसका कारण सैन्य सहयोग प्रभावित भएको थियो ।



    नेपाली सेनाले कोरोना भाइरसविरुद्धको प्रतिकार्यमा चीनबाट औषधि खरिद गर्दा पूर्वघोषित सैन्य सहयोगबाट तिर्न तत्कालीन रक्षामन्त्री ईश्वर पोखरेलसँग प्रस्ताव गरेको थियो । तर, पोखरेलले कोरोना कोषमा पर्याप्त रकम रहेको भन्दै त्यसबेला प्रयोग गर्न दिएका थिएनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार