Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • चिनियाँ राष्ट्रपतिद्वारा मृत्युबाट नडराउन र युद्धका लागि तयार रहन सेनालाई निर्देशन

    चिनियाँ राष्ट्रपतिद्वारा मृत्युबाट नडराउन र युद्धका लागि तयार रहन सेनालाई निर्देशन

    अनलाइन नेपाल
  • आइतबार, १४ मंसिर २०७७
  • 5.4K
    SHARES

    एजेन्सी। चिनियाँ  राष्ट्रपति शी जिनपिङले सेनालाई मृत्युबाट नडराउन र युद्ध जित्नको लागि तयार रहन निर्देशन दिएका छन् ।

    मिलिट्री कन्डर्सलाई सम्बोधन गर्दै जिनपिङले उक्त कुरा वताएको चिनियाँ मिडिया रिपोर्ट रिपोर्टले उल्लेख गरेका छन् ।



    चिनियाँ मिडिया रिपोर्ट रिपोर्टका अनुसार , बुधवार जिनपिङले सैनिकहरुलाई युद्धको लागि तयार रहन निर्देशन दिएका हुन ।



    चिनियाँ मिडियाको रिपोर्ट अनुसार बुधवार जिनपिङले सैनिकहरुलाई युद्धको लागि आवश्यक पर्ने प्रशिक्षणलाई चाँडो गर्न आग्रह गरे।

    उनले सैनिकहरुलाई युद्धको लागि तयार रहन निर्देशन दिएका हुन । चीनको अमेरिका, ताइवान र भारतसँग लफडा सँगै चलिरहेको छ।

    हाल चीन, अमेरिका, ताइवान र भारतसँग तनावमा छ। डेली मेल रिपोर्ट अनुसार गत महिना जिनपिङले नौसेनाका सिपाहीहरूलाई आफ्नो सारा दिमाग र शक्ति युद्धको लागि तयारीमा रहन निर्देशन दिएका थिए। उनले उच्च सतर्क अवस्थामा रहन पनि सेनालाई निर्देशन दिए।

    सिन्ह्वाको रिपोर्टका अनुसार जिनपिङले सैन्य कमाण्डरहरूलाई युद्ध जित्नका लागि तालिमलाई अझ मजबुत बनाउन् निर्देशन दिएका छन् । उनले , ‘सैन्य प्रशिक्षण निरन्तर कुरा हो र यो सेनाको मुख्य काम हो।’ युद्धको क्रममा अझ प्रभावकारी हुनका लागि प्रशिक्षण आवश्यक छ।  चीनको लक्ष्य जनमुक्ति सेनालाई विश्व स्तरीय लडाई गर्ने शक्ति बनाउनु हो।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार